काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहका ललितपुर सेक्रेटरी पक्राउ परेकी छिन् । ललितपुरका एसएसपी टेकप्रसाद राईलाई धम्की दिएको आरोपमा सावित्रा अधिकारी (विदूषी)लाई महानगरीय प्रहरी ललितपुरले पक्राउ गरेको हो । ललितपुरमा आज विहानै कोणसभा गर्ने तयारी गरिरहेको बेला झण्डा र ब्यानरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गत जेठ महिनामा ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राई लाई धरपकड गर्ने चेतावनी दिएपछि प्रहरीले अधिकारीको खोजी गरिरहेको थिये । गत जेठमा प्रहरीले जिल्ला सदस्य सानुराज बज्राचार्यलाई पक्राउ गरेपछि अधिकारीले एसएसपीलाई धम्की दिएको बताइन्छ ।
ललितपुरबाट विप्लवका कार्यकर्ता पक्राउ गर्न ललितपुर प्रहरीलाई ठूलै सफलता मिलेको अवस्थामा सेक्रटरीनै पक्राउ परेपछि भने विप्लव समूहलाई ठूलो घाटा लागेको छ ।




