मुख्य समाचार

पशुपतिनाथ मन्दिरका भण्डारी पक्राउ

काठमाडौं । पशुपतिनाथ मन्दिरका भण्डारी केदारनाथ भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले पशुपतिनाथ सेवक संघका अध्यक्ष समेत रहेका पशुपतिनाथ मन्दिरका तालुकवाला भण्डारी केदारनाथलाई प्रकाउ गरेको जनाएको छ । भण्डारीलाई गुहेश्वरी मन्दिर परिसरबाट साइबर क्रा,इमको अभियोगमा पक्राउ गरी अनुसन्धान शुरु गरेको जनाएको छ ।

भण्डारीले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापालाई सामाजिक संजालमा गाली गलौज गर्नुका साथै फेसबुकमा थापाको फोटोमा कालोमोसो दलेको पाइएको उजुरीका कारण पक्राउ गरिएको हो ।

गुहेश्वरी मन्दिरको गर्भगृहमा रहेका अष्टदल र भैरवको सुनको मूर्ति २० वर्षको अवधिमा २ किलो भन्दा बढी खिइएको समाचार प्रकाशित भएपछि भण्डारीले थापाविरुद्ध बोलेको भिडियो सामाजिक संजालमा पोस्ट गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *