मुख्य समाचार

आज मध्यान्नअघिसम्म संक्रमणबाट थप चारको निधन

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट आज मध्यान्नअघिसम्म थप चार जनाको मृत्यु भएको छ । रुपन्देहीमा २, सुनसरी र चितवनमा १–१ जनाको निधन भएको हो ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दुई संक्रमितको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका ११ की ५० वर्षीया महिला बुटवल उपमहानगरपालिका १३ का ५२ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२१ बस्ने ५६ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरान उपमहानगरपालिकामा ५० वर्षीय पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ सय ६८ पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *