मुख्य समाचार

२८५६ नयाँ संक्रमित थपिए, ५ को निधन

काठमाडौं । विगत २४ घन्टामा नेपालमा २ हजार ८ सय ५६ जना नयाँ संक्रमित थपिएका छन् भने थप ५ को निधन भएको छ । त्यसैगरी ३ हजार ३ सय ३६ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । १२ हजार ३ सय ११ जनाको पीसीआर टेस्ट गर्दा उक्त संख्यामा नयाँ संक्रमित थपिएका हुन् । संक्रमितमध्ये १ हजार ६७ जना महिला र १ हजार ७ सय ८९ जना पुरुष रहेका छन् ।

प्रदेश १ मा ५ सय ३९, प्रदेश २ मा ५९, बागमति प्रदेशमा १ हजार ८ सय ४९, गण्डकी प्रदेशमा १ सय ७८, लुम्बिनी प्रदेशमा १ सय ४६, कर्णालीमा ९ र सुदूरपश्चिममा ७६ जना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा १ हजार ५ सय ३५ जना संक्रमित थपिएका छन् । त्यसमध्ये ६ सय २९ महिा र ९ सय ६ जना पुरुष रहेका छन् । त्यसमध्ये काठमाडौं उपत्यकाबाट १ हजार २ सय २५, भक्तपुरबाट १ सय ६३ र ललितपुरबाट १ सय ४७ जना नयाँ संक्रमित थपिएका छन् ।

आइतबार संक्रमणबाट थप ५ जनाको निधन भएको छ । आज थप भएको ५ सहित नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ४७ पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *