मुख्य समाचार

कोरोना संक्रमणबाट नेपालमा थप ६ को मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट मंगलबार मध्यान्नअघिसम्म नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा ३, भक्तपुर, दाङ र रुपन्देहीमा १–१ संक्रमितको मृत्यु भएको हो ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान–३ का ७२ वर्षीय, धरान–१७ का ६८ वर्षीय र इटहरी उपमहानगरका ५६ वर्षीय पुरुष छन् । दाङ देउखुरी घर भएका ४३ बर्षिक पुरुषको होम आइसोलेसनमै बसेको बेला आज मंगलबार विहान घरमै मृत्यु भएको छ ।

यस्तै रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा बुटवल–११ की ४४ वर्षीया महिलाको आज बिहान मृत्यु भएको छ । त्यस्तै कोरोना संक्रमणपछि होम आइसोलेसनमा बस्दै आएका भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुन्जे तीनधारेका ८१ वर्षीय पुरुषको पनि आज विहान मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७ सय ६३ पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *