मुख्य समाचार

मन्त्रीबाट जिल्लामा संक्रमण फैलाएको आशंका, ताप्लेजुङ प्रजिअ कार्यालय सिल

काठमाडौं । संक्रमण नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्ने मन्त्री नै जिल्लामा संक्रमण फैलाउँदै हिड्छन भन्दा धेरैलाई पत्यार नलाग्ला । तर, यथार्थ बेग्लै छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गृहजिल्ला ताप्लेजुङ पुगेर प्रमुख जिल्ला अधिकारीसहित दर्जनौ व्यक्तिमा संक्रमण फैलाएपछि जिल्ला प्रशासन कार्यालय एक साताका लागि सिल गरिएको छ ।

पूर्वको दुईवटा उत्तरी जिल्लामा बोर्डर अब्जरबेसन पोस्ट (बीओपी) उद्घाटन गर्न जाँदा ताप्लेजुङ र संखुवासभामा मन्त्री भट्टराईले संक्रमण फैलाएका हुन् । मन्त्री भट्टराई गत अशोक २१ गते काठमाडौंबाट सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल र जनपथ प्रहरी महानिरीक्षक शैलेश थापा र राष्ट्रिय अनुसन्धान विभागका गणेश अधिकारीसहितको ताप्लेजुङको ओलाङचुङ गोलामा बीओपी उद्घाटन गर्न गएका थिए ।

अहिले ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंसहित दर्जनौं व्यक्तिमा कोरोना संक्रमण फैलिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी गायत्री अधिकारी खड्काले विज्ञप्ति निकालेर एक साताका लागि प्रजिअ कार्यालय सिल गरेको विज्ञप्ति निकालेकी छन् ।

प्रहरी प्रशासनबाहेक मन्त्री भट्टराईले कार्यकर्तासँग पनि भेट गरेका थिए । उनले भेट गरेका हेमन्त उप्रेती र मैया उप्रेतीको पिसिआर रिर्पोट पनि पोजेटिभ आयो ।

ताप्लेजुङको बिओपी उद्घाटन गरेर संखुवासभाको किमाथांका पुगेरका थिए । किमाथांकाको बीओपी उद्घाटन गर्नका लागि काठमाडौंबाट आएका उच्च प्रहरी अधिकृतसहित प्रमुख जिल्ला अधिकारी जीवप्रसाद आचार्य, सशस्त्र प्रहरी नायव उपरीक्षक विशाल सिलवाल, जिल्ला प्रहरी कार्यालयका प्रमुख नवराज मल्ललगायतको टोली सिलन्यास कार्यक्रममा उपस्थित थिए ।

सुरक्षा मापदण्ड उपयोग गरेर किमाथांकाको बीओपी उद्घाटन गरेकाले त्यहाँ संक्रमण फैलिन नपाएको बताइन्छ । मन्त्री यतिबेला आइसुलेसनमा बसेका छन भन् काठमाडौंबाट हेलिकोप्टरमा सँगै ताप्लेजुङ र संखुवासभा गएका उच्च सुरक्षा अधिकारीको रिर्पोट भने गोप्य राखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *