मुख्य समाचार

मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्ताव अनिष्ठको संकेत: नेता रावल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले कर्णाली प्रदेशको मुख्यमन्त्री महेन्दबहादुर शाहीविरुद्ध दर्ता गराइएको अविश्वासको प्रस्तावप्रति ध्यानाकर्षण गराएका छन् ।

सोमबार सामाजिक सञ्जाल ट्विटरमार्फत रावलले नेकपा, स्थायी समितिले विधि र पद्धतिमा जोड दिदै संघीय र प्रदेश सरकारमा हेरफेर गर्ने निर्णय गरेको उल्लेख गरेका छन् । उनले उक्त निर्णय कार्यान्वयन नहुँदै कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्ध पार्टीकै सांसदहरूले प्रस्ताव दर्ता गर्नु अनिष्टको संकेत हुनसक्ने भन्दै समयमै नेतृत्वले गम्भीर ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

शाहीविरुद्ध हिजो (आइताबार) सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै १८ जना सांसदले हस्ताक्षर गरी संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा आज नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । छलफलमा प्रधानमन्त्रीलाई अध्यक्ष प्रचण्डले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथि लगाइएको अविश्वासको प्रस्ताव फिर्ता लिने वातावरण बनाउन आग्रह गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *