मुख्य समाचार

डा. केसीको स्वास्थ्यमा खेलवाड गरे प्रम ओलीले ठूलै मूल्य चुकाउनुपर्छ: गगन

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई डा. गोविन्द केसीका सत्याग्रहीमाथि दुराग्रह राखेर बेवास्ता गरे ठुलो मूल्य चुकाउनु पर्ने चेतावती दिएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले डा. केसीका कुन माग जनहित विपरीत छन् भन्दै प्रधानमन्त्री ओलीमाथि प्रश्न गरेका हुन् ।

‘प्रधानमन्त्रीज्यू, डा. गोविन्द केसीले राख्नुभएको कुनचाहिँ माग पूरा नहुने/गर्न नसकिने छ ? कुन माग जनहित विपरीत छन् ?’ उनले भनेका छन् , ‘तपाईँ आफैले हिजो गरेको बाचा पूरा नगर्दा नै यी विषय आज माग बनेका होइनन् र ? डा केसीसंग संवाद नै गर्दिन भन्ने तपाईँको हठले के तपाईँको मान बढाउँछ ?’

यस्तै, उनले थपेका छन्, ‘पुरा गर्न सकिने र गर्नुपर्ने माग छन्,पूरा गर्नुहोस्। यसमा हाम्रो पूर्ण साथ र सहयोग रहनेछ । तर,एउटा सत्याग्रहीमाथि दुराग्रह राखेर बेवास्ता गर्नुभयो भने त्यसको ठुलो मूल्य तपाईँले चुकाउनु पर्नेछ । प्रमज्यू, ख्याल राख्नुहोला, यदि डा. केसीको जीवन तलमाथि भयो भने यसको शतप्रतिशत दोष तपाईँ हो ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *