मुख्य समाचार

बालुवाटार धाउँदाधाउँदै दाहाल ‘गले’, नेकपाका दुई अध्यक्षबीचको भेटवार्ता स्थगित

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज हुने भनिएको भेटवार्ता एकाएक स्थगित भएको छ । अध्यक्ष दाहालले आफू बालुवाटार आउन नसक्ने बताएपछि भेटवार्ता एकाएक स्थगित भएको हो । बालुवाटार धाउँदा–धाउँदा अध्यक्ष दाहाल गलेको विश्लेषण राजनीतिकवृत्तमा गरिएको छ ।

ओली र दाहालबीचको भेटवार्ता स्थगित भएसँगै मन्त्रिपरिषद् पुनर्गठन पनि अनिश्चित बनेको छ । मन्त्रिपरिषद् पुनर्गठनका विषयमा सहमति जुटाउन अध्यक्षद्वयबीच गत विहीबारयता दैनिक भेटवार्ता हुँदै आएको थियो । मंगलबार दुई नेताबीच भएको छलफलमा भेटवार्तालाई निरन्तरता दिँदै जाने सहमति भएपनि अध्यक्ष दाहालले आजको भेटवार्ता स्थगित गर्न आग्रह गरेपछि भेटवार्ता स्थगित भएको एक स्थायी समिति सदस्यले जानकारी दिए ।

स्थायी समिति र सचिवालय बैठकको म्याण्डेटलाई ख्याल गरेर मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्ने भएपनि उक्त म्याण्डेट विपरित ओली जान खोजेपछि सहमति जुट्न नसकेको दाहाल पक्षको बुझाई छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *