काठमाडौं। मुलुकमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्य विज्ञसंग परामर्श सुरु गरेका छन । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित करिव डढ दर्जन जनस्वास्थ्य विज्ञ परामर्शमा सहमागी छन । बैठकमा आमन्त्रण गरिएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने बामदेव गौतम फकाउन भैसेपाटी पुगेका छन ।
लकडाउन अन्त्य भएपछि कोरोना संक्रमण र मृत्युदर बढेपछि आगमी रणनीति निर्माणका लागि सरकार परामर्शमा केन्द्रित बनेको हो । कोरोना नियन्त्रणका लागि अब लकडाउन वा विकल्प खोज्ने भन्नेमा छलफल केन्द्रित हुने स्रोतले बतायो । अहिले काठमाडौं उपत्यका लगायत मुलुकका उच्च जनघनत्व भएका सहरहरुमा कोरोना संक्रमण दर बढ्दै गएको छ ।
छलफलमा प्रधामन्त्रीले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)मा रहेका मन्त्री, सचिवहरुलाई पनि सहभागी गराएका छन ।
नेपालमा संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ । ५७ जनाको मृत्यु भइसकेको छ ।





