मुख्य समाचार

सिन्धुपाल्चोकका जुवाडे छुटाउन नेकपाका नेताकाे दौडधुप

काठमाडौं। महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जुवा खेलिइरहेका अवस्थामा व्यापारी विष्णु खत्रीसहित ११ जनालाई पक्राउ गरी म्याद थप गरेको छ । प्रहरीले नेकपा निकट बाह्रबिसेका व्यापारी नारायण पौडेलको महाराजगञ्जस्थित घरबाट जुवा खेलिरहेका व्यापारी बिष्णु खत्री, गोवर्दन श्रेष्ठ, याम बहादुर श्रेष्ठ, नरध्वज श्रेष्ठ, राज श्रेष्ठ, सिद्धि बहादुर श्रेष्ठ, याङवा शेर्पा, अनिल लगुन, सूर्य नारायण श्रेष्ठ, छविलाल विक, सोम बहादुर श्रेष्ठ र गम्भिरदास गुभाजुलाई पक्राउ गरेको हो । वृत्तका डिएसपी रोशन खड्काका अनुसार उनीहरुका साथबाट ३ लाख ८ हजार ५ सय  बरामद गरेको छ ।

पौडेल भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलका दाई हुन् । पौडेल दाजुभाई सभामुख अग्नी सापकोटा निकट छन् । पौडेलका अर्का भाई बच्चु पौडेल हिमालय सीमापारको अध्यक्ष हुन् । पक्राउ परेकाहरुलाई छुटाउन सभामुख सापकोटा निकट नेकपाका नेताहरुले दवाव दिएको स्रोतले दावी गरेको छ । साथै प्रहरीका केहि उच्च अधिकारीहरुले पनि छुटाउन दवाव दिएका छन् । प्रहरीले अनुसन्धानका लागि थप पाँच दिनको म्याद लिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *