विराटनगर । विराटनगर महानगरपालिकामा भोलि शनिबारदेखि लागू हुने गरी दुई साताका लागि फेरि लकडाउन गरिएको छ । समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखिएको निष्कर्षसहित महानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको मेयर भीम पराजुलीले जानकारी दिए । लकडाउन शुक्रबार राति १२ बजेदेखि हुनेछ । विराटनगर महानगरपालिकामा कोरोना संक्रमितको संख्या सय नाघेको छ। शुक्रबार थप १० जनामा संक्रमण पुष्टि भएसँगै विराटनगरमा संक्रमितको संख्या १ सय ७ पुगेको हो।
सम्बन्धित समाचार
१० बैशाख ०६:४५
३ बैशाख १४:१६
३ बैशाख ११:५९
७ बैशाख ०९:५८




