मुख्य समाचार

घुमुवा प्रहरीको कोठाबाट एक केजी सुन बरामद

काठमाडौं । घुमुवा प्रहरीको कोठाबाट आज शुक्रबार थप १ केजी सुन बरामद भएको छ । प्रहरीको कोठाबाट सुनजस्तो देखिने पहेंलो धातु बरामद भएको हो । उक्त धातु सुन हो वा होइन त्यसको परीक्षण भइरहेको प्रहरीस्रोतले जानकारी दिएको छ ।

बागबजारस्थित उमेश श्रेष्ठको घरबाट थप एक किलो सुनजस्तो देखिने धातु बरामद भएको हो । श्रेष्ठका आफन्त प्रशन्न श्रेष्ठको कोठाबाट उक्त सुन फेला परेको हो । प्रशन्न महानगरीय प्रहरी वृत्त दरबारमार्गका घमुवा प्रहरी हुन् । प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

गत मङ्गलवार साढे १४ केजी चाँदी र आधा केजी सुन बरामद गरेको घटनामा प्रहरीले अनुसन्धान गर्नेक्रममा प्रसन्न श्रेष्ठको कोठामा छापामा मार्दा एक किलो सुन बरामद गरेको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *