काठमाडौं । श्रीमती हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय काटिरहेका सशस्त्र प्रहरी बलका तत्कालीन डीआइजी रञ्जन कोइराला बिहीबार जेलमुक्त भएका छन् । सर्वोच्च अदालतले जन्मकैदको सजाय घटाएर साढे आठ वर्षमा झारिदिएपछि कोइराला जेलमुक्त भएका हुन् । उनी डिल्लीबजार कारागारबाट मुक्त भएका हुन् ।
श्रीमति हत्या गरेपछि दामन जाने बाटोमा रहेको जंगलमा उनले लाशलाई टुक्रा टुक्रा पारेर नष्ट गरेका थिए । उक्त अभियोग प्रमाणित भएपछि उनलाई अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
कोइरालाले २०६८ पुस २७ गते घरायसी विवादमा श्रीमतिको हत्या गरेका थिए । श्रीमति हत्या गरेपछि दामन जाने बाटोमा रहेको जंगलमा उनले लाशलाई टुक्रा टुक्रा पारेर नष्ट गरेका थिए । उक्त अभियोग प्रमाणित भएपछि उनलाई अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
उनलाई काठमाडौँ जिल्ला अदालतले ०७१ वैशाख ७ मा सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । सो फैसला पुनरावेदन अदालत पाटनले ०७२ मंसिर २३ मा सदर गरेको थियो ।
प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले असार १५ गते कोइराला साढे ८ वर्ष जेल बस्दा पनि सजायको मकसद पूरा हुने भन्दै सजाय घटाउने फैसला गरेको थियो ।
हत्या मुद्दामा जिल्ला र पुनरावेदन अदालत गरेको जन्मकैदको फैसला असार १५ गते सर्वोच्च अदालतले घटाएर ८ बर्ष ६ महिनामा झारेपछि उनी थुनामुक्त भएका हुन् ।




