मुख्य समाचार

पर्सामा दुई स्वास्थ्यकर्मीसहित १७ लाई कोरोना संक्रमण, एकको मृत्यु

वीरगन्ज । पर्सामा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दुई जना स्वास्थ्यकर्मीसहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो भने एकजनाको मृत्यु भइसकेको छ । सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार एक व्यक्तिमा मृत्यु भइसकेपछि संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरूमध्ये १३ जना पुरूष र ४ महिला रहेका छन् । संक्रमितहरू १५ वर्षेदेखि ८५ वर्ष सम्म उमेरका समूहका हुन् भने सबैको स्वाव संकलन साउन ६ गते गरिएको थियो । वीरगञ्जमा मृत्युपछि संक्रमण पुष्टि भएका पुरुष हुन् । श्वास–प्रश्वासको समस्याले ग्रसित अन्दाजी ७० वर्षीय ती पुरुषको मृत्यु भएपछि कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

वीरगञ्ज महानगरपालिका–६ माइस्थान घर भएका पुरुषमा मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको गण्डक अस्थायी कोभिड अस्पताल वीरगञ्जका संयोजक डा. उदय नारायण सिंहले पुष्टि गरेका छन् । उनको मंगलबार नै उपचारको क्रममा नारायणी अस्पतालमा मृत्यु भएको थियो ।

मृत्युपछि गरिएको पीसीआर टेष्टमा कोरोना पोजेटिभ रिपोर्ट आएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्युहुनेको संख्या ४३ पुगेको छ । हालसम्म वीरगञ्जको एडभास अस्पतालमा मात्रै कोरोना भाइरसको संक्रमणबाट ४ जनाको ज्यान गइसकेको छ । मंगलबार मृत्यु भएका वृद्धको ट्राभल हिष्ट्री पनि नभएकाले समस्या परेको चिकित्सकहरु बताउँछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *