मुख्य समाचार

नेपालमा थपिए १०० कोरोना संक्रमित, आज थप २ को मृत्यु

काठमाडौं । नेपालमा थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको मन्त्रालयले बताएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण मुक्त भएर २०७ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । हालसम्म १२ हजार ६८४ जना कोरोना मुक्त भएर डिस्चार्ज भइसकेका छन् । उनका अनुसार अहिले पनि मुलुकका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा पाँच हजार ३६८ जना सक्रिय सङ्क्रमितको उपचार भइरहेको छ ।

सात जिल्ला कोरोनाको सक्रिय सङ्क्रमित मुक्त भएका छन् । जसमा भोजपुर, पाँचथर, धनकुटा र सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङमा कोरोनाको सक्रिय सङ्क्रमित छैनन् । नेपालमा कोरोना सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ४२ जना पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *