ताजा समाचार

अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा देखियो कोरोना संक्रमण, देशभर २६ सय ३४ जना पुगे संक्रमित

काठमाडौं । नेपालमा आज थप ३३४ जना कोरोना संक्रमण देखिएको छ । बिहिबार स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफ्रिङको क्रममा मन्त्रालयमा प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार आज सबैभन्दा धेरै ३३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
आज देखिएका मध्ये ३१९ पुरुष र १५ जना महिला छन् । योसँगै देशभर २ हजार ६ सय ३४ जना पुगेको छ। जसमध्ये  २४ सय ५० पुरूष र ५६ महिला संक्रमित छन ।

बिहिबार दैलेखका ११३, रौटहटका ६४, सप्तरीका १३,महोत्तरीका ३, सर्लाहीका ३,बाँकेका ४२, कपिलवस्तुका २९, मोरङका २, पर्साका १, झापाका ५, ताप्लेजुङका १,  बाराका ७, सिन्धुलीका १, म्याग्दीका १, बागलुङका १०, पर्वतका ४, स्याङ्जाका १, डोटीका ३, दाङका १५,  मुगुका १ जना, खोटाङका ३, बाराका ५, धनुषाका ६, जनामा काेराेना संक्रमण पुष्टि भएकाे  प्रवक्ता देवकाेटाले जानकारी दिए ।

बिहीबारसम्म नेपालमा १ लाख २५ हजार ५ सय ६४ काे आरडीटी विधिबाट नमुना परीक्षण भएकाे छ भने पीसीआर विधिबाट भने हालसम्म ८४ हजार १ सय ३४ परीक्षणहरु गरिएकाे छ।

संक्रमित मध्ये  २९० जना निको भइसकेका छन्। १० जनाकाे निधन भइसकेकाे छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *