काठमाडौं । चर्को आलोचनापछि गण्डकी प्रदेशका मुख्यमन्त्रीले आफन्तका नाममा खडा भएका कोषमा विनियोजीत बजेट प्रदेशको प्राथमिकताअनुसार खर्च गर्न निर्देशन दिएका छन् ।
गोवर्धन शर्मा स्मृति कोष, श्री पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रष्ट भवन निर्माण, पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रस्ट, डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान भवन निर्माण, अमृत जोशी स्मृति पार्क लगायतका कार्यक्रम तथा बजेटका विषयमा आलोचना भएपछि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल पछि हटेका हुन् ।
उनका प्रेस संयोजक भरत कोइरालाले जारी गरेको विज्ञप्तीअनुसार आफन्तका नाममा खोलिएका संघ संस्थाहरुका लागि विनियोजित रकम प्रदेशको प्राथमिकताका क्षेत्रमा खर्चिने व्यवस्था मिलाउन निर्देशन दिएको बताइएको छ ।




