राजनीति

रुपन्देहीमा स्वतन्त्र प्रतिस्पर्धाको तयारी, माओवादी अध्यक्ष दाहालको घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुपन्देहीमा आगामी चुनाव एक्लै लड्ने संकेत दिएका छन्। उनले परिणाम पनि अघिल्ला चुनावभन्दा सकारात्मक आउने विश्वास व्यक्त गरेका छन्।

लुम्बिनी प्रदेशको सातौं पूर्ण बैठकलाई बुटवलको वेलबासमा सम्बोधन गर्दै अध्यक्ष दाहालले स्थानीय कार्यकर्तालाई स्वतन्त्र तयारी गर्न निर्देशन दिए। उनले भने, “हामीले ल्याएको परिवर्तनको रक्षा गर्न पनि माओवादी नै अग्रसर हुनुपर्छ। रुपन्देहीमा यसपटक अझ राम्रो नतिजा ल्याउँछौं, त्यसका लागि सबै तयार हुनुहोस्।”

दाहालका अनुसार कांग्रेस र एमालेका नेतासमेत भेटमा परिवर्तन माओवादीकै योगदान रहेको स्वीकार गर्ने गरेको तर त्यो कुरा जनतालाई भन्दा आफूलाई मात्र सुनाउने गरेको गुनासो उनले व्यक्त गरे।

पार्टीभित्र देखिएका असन्तुष्टि र बहसलाई उनले स्वाभाविक प्रक्रिया भनेका छन्। दाहालले ऐतिहासिक उदाहरण प्रस्तुत गर्दै भने, “क्रान्तिकारी आन्दोलनमा असन्तुष्टि र बहस सर्वत्र हुन्छ, त्यसलाई वर्गसंर्घषको सामान्य अभिव्यक्ति मान्नुपर्छ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *