काठमाडौं । विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको छ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अमरबहादुर थापाले बिहीबार प्रतिवेदन पेस गरेका हुन्। समितिबाट विधेयक पारित भए पनि प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने फरक मत राखेका थिए।




