राजनीति

प्रतिनिधिसभा बैठक प्रतिपक्ष दलको अवरोधका कारण आधा घण्टाका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद बैठक अवरुद्ध गरेपछि आधा घण्टाका लागि स्थगित भएको छ ।
बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरूले उठेर विरोध जनाए भने सभामुख देवराज घिमिरेले बोल्न समय दिएपछि माओवादी सांसद वर्षमान पुन र रास्वपा सांसद शिशिर खनालले गृहमन्त्रीमाथि गम्भीर प्रश्न रहेकाले राजीनामा दिएर मार्गप्रशस्त गरिदिनुपर्ने धारणा राखे । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै उच्चस्तरीय छानबिन आयोगको गठन गरी अनुसन्धान अगाडी बढाउन प्रतिपक्ष दलले माग गरे । उनीहरुले गृहमन्त्री लेखकको संलग्नता भएको प्रमाण नभेटिएपनि आरोप लागेकाले राजीनामा माग गरेको बताए । ।

सभामुख देवराज घिमिरेले बारम्बार शान्त हुन आग्रह गरेपनि प्रतिपक्ष दलका सांसदहरुले संसद अवरुद्ध गर्ने रणनीतिका साथ खैलाबैला गर्दै संसदमा नाराबाजी गर्न थालेपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको हो । सो बैठकमा सभामुख देवराज घिमिरेले गृहमन्त्री रमेश लेखकलाई आफ्नो भनाइ राख्न आग्रह गरेपछि प्रतिपक्ष दल नेकपा माओवादी, रास्वपा ,राप्रपा लगायतका दलहरुले उठेर नाराबाजी गरेपछि संसद बैठक अवरुद्ध भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *