राजनीति

आइतबार नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत हुँदै, सांसदहरूलाई अनिवार्य उपस्थिति आदेश

काठमाडौं । सरकारले ल्याएको वर्षे नीति तथा कार्यक्रम आइतबार निर्णयार्थ संसदमा पेस हुने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि हाल प्रतिनिधिसभामा छलफल जारी छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएपछि नीति तथा कार्यक्रम निर्णयार्थ पेस गरिने कार्यक्रम तय भएको छ।

यसैबीच, सत्तारुढ नेकपा एमालेले आफ्ना सबै सांसदलाई अनिवार्य रूपमा उपस्थित हुन ह्वीप जारी गरेको छ। पार्टीका मुख्य सचेतक महेश बर्तौलाले सांसदहरूको पूर्ण उपस्थिति आवश्यक रहेको बताएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *