काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति निवास शीतल निवास पुगेका छन् । देशको समसामयिक राजनीतिक घटनाक्रम र सरकारले गरेका उपलब्धीका विषयमा छलफल गर्नका लागि आज विपक्षी दलहरुले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न् पुगेका हुन् ।
कार्यदल बाहेक शीर्ष नेताहरू मात्र सहभागी हुने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ । । राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिल पोखरेलले विपक्षी दलहरूको आग्रहमा राष्ट्रपति पौडेलसँग भेट हुन लागेको जानकारी दिए ।
यसअघि सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विपक्षी दलहरूले १३ बुँदे ज्ञापनपत्र बुझाएका थिए । सुशासन, सामाजिक न्याय, समृद्धि, जनजीविका तथा विपद् व्यवस्थापन लगाएतका विषयमा ज्ञापन पत्र बुझाएका हुन् ।




