काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले अमेरिकी सरकारले अगाडि सारेको अन्तर्राष्ट्रिय धार्मिक नीतिविरुद्धको विरोध गरेको छ। मंगलबार नेकपाको अन्तर्राष्ट्रिय विभागका सदस्य खगेश्वर सीले एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो ।
अमेरिकाले जसरी धार्मिक स्वतन्त्रताको प्रचार गरेको छ वास्तवमा त्यो जनताको धर्मप्रतिको स्वाभाविक चिन्ता नभएर कथित अमेरिकी स्वार्थ पूरा गर्न अघि सारिएको धर्म राजनीति हो , जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । अमेरिकी यो कदम भूमण्डलीकृत साम्राज्यवादी नीति लागू गर्ने हस्तक्षेपकारी भएको उल्लेख गरेको छ।




