मुख्य समाचार

राजस्व चुहावट रोक्न ल्याएको टेरामक्समा म निर्दोष छु : पूर्वमन्त्री बस्नेत

काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले नेपाल दूरसञ्चार प्राधिकरणबाट विवादास्पद टेरामक्स प्रणाली खरिदमा भएको अनियमितताका आफू संलग्न नरहेको बताउँदै दुरसञ्चार क्षेत्रमा हुने राजस्व चुहावट रोक्नका लागि प्रविधि खरिद गरेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा शुक्रबार बोल्दै बस्नेतले यस्तो बताएका हुन् । उनले ‘टेरामक्स खरिद प्रकरणमा तीन जना सांसदहरुको नाम जोडिएको उल्लेख गर्दै उचित समय आएपछि आफुले जवाफ दिने उनले बताए । उनका अनुसार नेपालमा टेरामक्स प्रणाली खरिद नहुदा मुलुकमा वार्षिक २५ अर्ब बढी राजश्व चुहावट भइरहेको थियो उनले भने,‘ ‘टेरामक्स एउटा यस्तो विधि हो जसले टेलिफोनमा कल बाइपास गरेर खाने धन्दालाई नियन्त्रण गर्छ ।

संसारभर यही विधिले नियन्त्रण गरेको छ । नेपाल मात्रै एउटा त्यस्तो देश हो जहाँ कल बाइपास गरेर अबौं बर्षको २५ अर्ब भन्दा बढी राजस्व घोटाला भएको छ ।’ घोटालामा संलग्नहरुले नै बिभिन्न व्यक्तिमाथि आरोप लगाएर विषयान्तरको प्रयास गरेको उनको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *