मुख्य समाचार

काँग्रेसका अगाडि देखिएको चुनौती सामना गर्न नेता कार्यकर्तालाई देउवाको आग्रह

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका अहिले अहिले धेरै चुनौतीहरू देखा परेको बताएका छन्।

नेपाल लोकतान्त्रिक खेलकुद संघको कार्यक्रममा बोल्दै पार्टीमा देखिएको चुनौतीको सामना गर्न पार्टी पङ्क्तिलाई एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरे।

उनले भने, ‘अहिले काँग्रेसको अगाडि धेरै चुनौतीहरू छन्, त्यसको सामना गर्न एकताबद्ध भएर अगाडि बढ्नुपर्छ। त्या चुनौतीका सामना गर्दै अगाडि बढ्छ भन्ने विश्वास छ।’

उनले अहिले देशका युवा पङ्क्तिमा खेलप्रति आकर्षण बढ्दै गएकाले त्यसतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *