काठमाडौं । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज प्रदेश प्रमुख तिलक परियारले परियारलाई सपथ गराएका हुन् ।
बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका रणसिंहलाई विनाविभागीय मन्त्रीको रूपमा पठाउने निर्णय गरेको थियो । सोही अनुसार मुख्यमन्त्री यामलाल कँडेलले उनलाई मन्त्री नियुक्त गरेका हुन् ।
गत चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले अहिलेसम्म सरकारलाई पूर्णता दिन सकेका छैनन् । उनले आफ्नै दलबाट पनि मन्त्री नियुक्त गर्न सकेका छैनन् । रानीतिक किचलो सुरु भएपछि मन्त्री नियुक्त गर्न असहज भएको उनको भनाइ छ । बिहीबार संसदबाट विश्वासको मत लिने तयारी गरेका छन् ।




