काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा विदेशमा रहेका नेपाली नागरिकहरुलाई मतदान गर्ने व्यवस्था मिलाउने प्रतिवद्धता जनाएका छन् । देशमा भएको निर्वाचनमा विदेशमा रहेका नेपालीहरुले पनि मतदान गर्न पाउने आवाज उठिरहेका बेला प्रधानमन्त्रीले उनीहरुको मागलाई सम्बोधन गर्न आँफू तयार रहेको दावी गरेका हुन । गएराति संसारभरिका माओवादी प्रवास कमिटीका कार्यकर्ताहरूलाई भर्चुअल रूपमा सम्बोधन उनले प्रवासमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न विदेश स्थित नेपाली दूतावास मार्फत तदारुकताका साथ तयारीको कार्य भईरहेको उनको भनाइ थियो ।
गैरआवासीय नेपाली सङ्घमा देखिएको समस्या आगामी वैशाख २ गते अदालतको फैसलापछि निर्णय गरिने बताउँदै उनले तीन फरक नेतृत्वको एनआरएनएलाई एक ठाउँमा राखेर सहमति प्रयत्न गर्ने उनले बताए । प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपाली संघमा देखिएको समस्या समाधान साधारन तरिकाले नभए सरकारले गठन गरेको छानबिन समितिले दिइसकेको प्रतिवेदन निष्कर्षमा पु¥याउने समते उल्लेख गरे ।
विभिन्न मुलुकमा रहेको राहदानी समस्या हल गर्न परराष्ट्र मन्त्रालयमा सधैँका लागि घुम्ती स्थायी संयन्त्र बनाइएको र बढी समस्या भएका ठाउँमा कन्सुलर नियुक्ति गर्ने प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्रीले फरक प्रसङ्गमा सरकारले तीन करोड रुपैयाँभन्दा तलका आयोजना ,परियोजना सङ्घीय सरकारले नभै प्रदेश सरकारले निर्णय लिन सक्ने गरी अगाडी जाने तयारीका साथ अघि बढेको बताए । विदेशमा अब पाटी र मोर्चा फरक –फरक बनाइने नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले बताइन् । प्रवास समिति अध्यक्ष ओम शर्माको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन प्रवास सचिव टिवी पाठकले गरेका थिए ।




