मुख्य समाचार

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं। सर्वोच्च अदालतले नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न आदेश दिएको छ । आज (शुक्रबार) सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले उनीमाथि लागेको निलम्बन फुकुवाको आदेश दिएको हो ।

गत २०७९ को प्रतिनिधि सभा निर्वाचनमा मनाङबाट निर्वाचित भएका गुरुङलाई उनी विरुद्धको भ्रष्टाचार मुद्दा बाँकी नै रहेको भन्दै संसद सचिवालयले उनलाई निलम्बन गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *