मुख्य समाचार

नेसपा वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने तयारीमा

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले प्रधानमन्त्री प्रचण्डले गठन गरेको नयाँ गठबन्धलाई दलहरुले सकरात्मक रुपमा लिन नसकेको बताए । प्रतिगमन विरोधी आन्दोलनको जगमा लोकतन्त्रको रक्षाका लागि बैकल्पि गठबन्धन कायम गर्ने डा. बाबुराम भट्टराईले बताए ।

नेसपा केन्द्रीय कार्यालय प्रमुख रोशन पोखरेलले जारी गरेको विज्ञप्तीमा आफ्नो पार्टीले मुलुकमा राजनीतिक स्थिरता सहित सुशासन, दिगो विकास र समृद्धि खोजेको उल्लेख छ । संसदीय राजनीतिको फोहोरी खेलमा लागेर कुर्सीको लागि राष्ट्र र जनताको हितलाई सौदाबाजी गर्ने, सरकारमा गएर राज्यको दोहन गर्ने, परिवारवाद, नातावाद, सत्ता लिप्रमा लाग्ने प्रवृत्तिले देशलाई राजनीतिक अस्थिरता, निराशा र पश्चगमन तर्फ धकेल्ने निश्चित भएको निष्कर्ष नेसपाले निकालेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *