राजनीति

कांग्रेस सभापति देउवा ४ दिन डडेल्धुराका चुनावी सभामा सहभागी हुने

काठमाडौं । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा गुहजिल्ला डडेल्धुरामा चार दिन चुनावी कार्यक्रममा सहभागी हुने भएका छन्।

सभापति देउवाले कात्तिक १७ देखि २० गतेसम्म जिल्लाका विभिन्न स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

कार्तिक १७ गते अमरगढी बसपार्क, १८ गते नवदुर्गा र गन्यापधुरा, १९ गते अजयमेरु र भागेश्वर तथा २० गते आलिताल र परशुराममा देउवाले सम्बोधन गर्नेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *