राजनीति

कांग्रेस सभापति देउवाले ८ जना महिला नेतृलाई केन्द्रीय सदस्य नियुक्त गर्ने

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आठजना महिला नेतृहरुलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनीत गर्ने भएका छन् । सभापति देउवाले निर्वाचन आयोगमा दल दर्ताअघि नै केन्द्रीय सदस्य नियुक्त गर्न लागेका हुन् ।

निर्वाचन आयोगले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावका लागि दल दर्ता गर्न मंगलबारसम्मको समय दिएको छ ।

संविधानको व्यवस्थाअनुसार कांग्रेसको केन्द्रीय समितिमा महिलाको संख्या ३३ प्रतिशत नपुगेका कारण ३३ प्रतिशत पुर्‍याउन आठ जनालाई केन्द्रीय समितिमा मनोनयन गर्न लागिएको हो ।

यसअघि सभापति देउवाले पुस १७ गते रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डाक्टर प्रकाशशरण महत, डाक्टर नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई मनोनयन गरेका थिए । सभापति देउवाले पुस १८ गते जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई पनि केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *