काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले अविरल वर्षाका कारण क्षति बेहोरेका नागरिकलाई राहत उपलब्ध गराउन तथा उनीहरुको उद्धार गर्न आग्रह गरेका छन् ।
एक विज्ञप्ति जारी गर्दै उनले वर्षापछिको बाढी र पहिरोबाट काठमाडौँ, नुवाकोट, रसुवालगायतका जिल्लामा ठूलो क्षति पुगेको भन्दै राहत र उद्धारमा ध्यान दिन सरकारलाई आग्रह गरेका हुन् ।
गतराति परेको अविरल वर्षाका कारण काठमाडौँ, नुवाकोटका विभिन्न क्षेत्र र रसुवामा समेत क्षति भएको छ ।




