राजनीति

माओवादीसँग मिल्दा पनि भीम रावलको पालिका कांग्रेसले जित्यो

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलको गृहपालिकामा नेकपा एमाले पराजित भएको छ।

अछामको साँफेबगरको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा एकीकृत समाजवादीले जित हासिल गरेको हो । मेयरमा कांग्रेसका राजेन्द्र बहादुर कुवँर ७ हजार २६५ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेकी पशुपति कुवँरले ५ हजार ३९ मत मात्रै ल्याइन् ।

यस्तै, उपमेयरमा नेकपा एकीकृत समाजवादीका शिवबहादुर कुँवरले ६ हजार ४०२ मत ल्याएर विजयी भएका छन् भने प्रतिस्पर्धी एमालेका रंग बहादुर ठकुल्लाले ५ हजार ३१४ मत ल्याए ।

साँफेबगरमा नेपाली कांग्रेस र एकीकृत समाजवादी तालमेल गरेका थिए भने नेकपा एमाले र माओवादी केन्द्रबीच अर्को गठबन्धन बनेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *