काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले राजीनामा दिएकी छन् ।
दोस्रो कार्यकालका लागि मेयरमा उम्मेदवारी दिन उनले शुक्रबार उपमेयर पार्वती शाह ठकुरीलाई राजीनामा बुझाएकी हुन् ।
स्थानीय तहको चुनावमा उम्मेदवार हुन चाहने जनप्रतिनिधिहरुले मनोनयनअघि राजीनामा दिनुपर्ने व्यवस्था निर्वाचन आयोगले गरेको छ ।
दाहाल सत्ता गठबन्धनका तर्फबाट दोस्रो कार्यकालका लागि पनि मेयरको उम्मेदवार हुने निश्चित छ ।




