राजनीति

एमालेले स्थानीय तहको चुनावी घोषणापत्र बिहिबारसम्म तयार गर्ने

काठमाडौं । नेकपा एमालेले बिहिबारसम्म स्थानीय तह निर्वाचन घोषणापत्र मस्यौदालाई अन्तिम रूप दिने भएको छ ।

पार्टी कार्यालय थापाथलीमा बुधबार बसेको कार्यदलको बैठक घोषणापत्रको मस्यौदामा छलफल भएको र बिहीबार अन्तिम रूप दिने तयारी भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

एमालेले चुनावका लागि घोषणापत्र बनाउन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *