काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता गरेका छन् ।
गृह मन्त्रालयमा भएको भेटमा सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनबारे छलफल भएको बताइएको छ ।
सहमतिअनुसार बन्दी रहेका आफ्ना नेता कार्यकर्ताको रिहाइको माग गरेका विश्वकर्मालाई मन्त्री खाँणले भने प्रक्रिया पु¥याएर राजनीतिक गतिविधिमा पक्राउ परेकालाई रिहाइ गर्न पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।




