काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका जसपा संघीय परिषद् अध्यक्ष डाक्टर वावुराम भट्टराईले माधव नेपालको राजनीतिबारे प्रश्न सोधेका छन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको पोलिटव्यूरो बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा एमसीसी पारित नगर्दा पार्टी नै समाप्त हुने अबस्था आएका सहमत भएको उल्लेख गरेको विषयमा भट्टराईले प्रश्न गरेका हुन् ।
उनले भनेका छन्,‘एमसीसी अनुदानसम्झौता संसदबाट पारित गरिएको राष्ट्रिय हितमा भएकाले हो कि पास नगरिएको भए सरकारबाट बाहिरिनुपर्थ्यो वा पार्टी नै समाप्त हुन्थ्यो भनेर हो ? राष्ट्रिय हितभन्दा पार्टीको हित वा सत्तास्वार्थलाई माथि राख्नु कति ठीक हो ? राष्ट्रिय हितविपरित भए पास गर्न मिल्छ ? यो कस्तो राजनीति हो ?
एमसीसी अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा नेकपा एकीकृत समाजवादीभित्र तिव्र मतभेद थियो । तर अन्तिममा भने पक्षमै मतदान गर्ने निर्णय गरेको थियो ।




