काठमाडौं । नेपाल बार एसोसिएशनको केन्द्रीय कार्यसमितिको चुनाव आगामी चैत १९ गते हुने भएको छ ।
बारको २६ औं कार्यसमितिको चयनका लागि चैत १९ गते चुनाव हुन लागेको हो । सार्वजनिक कार्यतालिकाअनुसार २५ सदस्यीय नयाँ कार्यसमितिका लागि चुनाव हुनेछ ।
कार्यसमितिमा अध्यक्ष, सातै प्रदेशमा सात उपाध्यक्ष, एक महिला उपाध्यक्ष, एक महासचिव, कोषाध्यक्ष र १४ सदस्य रहने व्यवस्था छ ।
चुनावमा देशभरका ९० बार इकाइबाट करिब ११ हजार सदस्य मतदानमा सहभागी हुने बारले जनाएको छ ।




