राजनीति

एमसीसीको विरोधीमाथि भएको प्रहरी हस्तक्षेपको माधव नेपालले गरे विरोध

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीको विरोध गर्नेहरुलाई प्रहरीले गरेको दमनको विरोध गरेका छन् ।

अहिलेकै अबस्थामा एमसीसी पारित गर्न नसक्ने फागुन ७ गतेको स्थायी कमिटिको निर्णयमा प्रतिवद्ध रहेको भन्दै अध्यक्ष नेपालले विरोधका बिचमा संसदमा टेवल भएको एमसीसीका बारेमा विरोध र समर्थन गर्न पाउने सबैको अधिकार रहेको बताएका छन ।

उनले भनेका छन्,‘असहमति र विरोधका बीच संसदमा टेबल गरिएको विषयप्रति केवल सांसदहरूको मात्र होइन सबै तहका जनताको विरोध वा समर्थन हुन सक्दछ । यसो गर्न पाउनु हाम्रै संघर्षबाट स्थापित लोकतान्त्रिक एवम् जनताको अधिकारको बिषय हो ।’

प्रदर्शनमा प्रहरीको हस्तक्षेपप्रति गम्भिर असहमति रहेको भन्दै अध्यक्ष नेपालले भनेका छन्,‘संविधान प्रदत्त अधिकारको प्रयोग गर्दै गरिएको प्रदर्शनमा गरिएको दमन र बल प्रयोगप्रति गम्भीर असहमति सहित बिरोध गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना एवम् उहॅाहरूको सम्पूर्ण रूपमा उपचार व्यवस्था मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराउॅछु ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *