काठमाडौं । नेकपा एमालेले सभामुख अग्नि सापकोटालाई दुई विकल्प दिएको छ ।
आज बसेको सचिवालय बैठकले सभामुखले राजीनामा दिने वा नेकपा एकिकृत समाजवादीका सांसदहरुलाई कारबाही गरेको सूचना प्रकाशन गर्ने दुई विकल्प दिने निर्णय गरेको हो ।
महासचिव शंकर पोखरेलका अनुसार सभामुखले पदिय दायित्व पुरा गर्न नसकेको निष्कर्ष एमालेले निकालेको छ । ओली निवास बालकोटमा भएको सचिवालय बैठकपछि महासचिव पोखरेलले भने‘सभामुखको भूमिका उहाँले निर्वाह गर्न सक्नुभएन । उहाँको भूमिकाप्रति हाम्रो आपत्ति रहेको छ । १४ जना सांसदलाई कारबाही गर्ने एमालेको निर्णयमा सभामुखले आफ्नो गल्तीलाई सच्याउने वा जारी अवरोध अन्य गर्नका लागि मार्गप्रशस्त गर्ने भन्ने दुई विकल्प हामीले दिएका छौँ ।’
एमालेले सोमबार बिहान ११ बजेका लागि संसदीय दलको बैठक बोलाएको र त्यही बैठकले सभामुखका बारेमा समेत निर्णय गर्ने जनाइएको छ । सोमबार बस्ने संसदीय दलको बैठकले संसद पुर्नस्थापनाको फैसला गर्ने बाँकी ४ जना न्यायाधीशहरुलाई समेत महाभियोगको प्रस्ताव दर्ता गराउने निर्णय गर्ने तयारी समेत एमालेको छ ।




