स्याङ्जा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले रुपान्तरणका कुरा गर्नेहरुका बीचमा एकता नभएपछि आफू १४ औं महाधिवेशनको प्रक्रियाबाट अलग्गिएको बताएका छन् ।
नेपाली कांग्रेस स्याङ्जाले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता पौडेलले आफ्नो समुहमा रहेका नेताहरुका बिचमा एकता नभएपछि महाधिवेशनमा प्रक्रियाबाट बाहिरिएको बताएका हुन् ।
महाधिवेशनमा मतदान समेत नगरेका नेता पौडेलले पार्टीलाई अब सहमतिको आधारमा अगाडी बढाउने दाबी गरे । महाधिवेशन सम्पन्न भएपनि ठूला चुनौती अझै बाँकी रहेको उनले बताए ।




