राजनीति

नेपाल र भारतका परराष्ट्रमन्त्रीका बिचमा टेलिफोन वार्ता

काठमाडौं । नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच टेलिफोन वार्ता भएको छ ।

परराष्ट्रमन्त्री नारायण खड्का र भारतका विदेशमन्त्री एस जयशंकरबीच टेलिफोनमा कुराकानी भएको हो । त्यसक्रममा उनीहरुबीच दुई देशबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको हो ।

विकासका कार्यक्रम र कोभिड–१९ विरूद्ध नेपाल र भारतको सहकार्यका विषयमा कुराकानी भएको भारतीय विदेश मन्त्री जयशंकरले ट्वीटमा उल्लेख गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएकै दिनमा दुई नेताहरुका बिचमा छलफल भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *