राजनीति

एमसीसीबारे धेरै बोल्दा देश खतरातर्फ जानसक्छ– प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्डले एमसीसीबारे धेरै बोल्दा देश खतरातर्फ जाने दाबी गरेका छन् ।

माओवादी केन्द्रको महाधिवेशनमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको शुक्रबार जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले एमसीसीबारे धेरै बोल्नु उपयुक्त नहुने भन्दै उनले एमसीसी पार लगाउनुपर्ने बताएका हुन् ।

उनले भने,‘एमसीसीको बारेमा धेरै बोल्दा देश खतरातर्फ जाने सम्भावना भएको हुँदा धेरै बोल्नु परेन । सारमा जे प्रतिवेदनमा छ त्यही रुपमा बुझ्नुहोला । पार लगाइन्छ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *