काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनअन्तर्गत भएको मतदानमा अहिलेसम्म ३ हजार ५ सय मत खसेको छ ।
बिहान ८ बजेदेखि मतदान हुने भनिएको भएपनि मध्यान्ह १२ बजेबाट मात्रै मतदान शुरु भएको थियो । निर्वाचन समितिका अनुसार बेलुका ८ बजेसम्म तीन हजार ५ सय मत खसेको हो । कांग्रेसका मतदाता ४ हजार ७ सय बढि रहेका छन् ।
कांग्रेसले काठमाडौंको राष्ट्रियसभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरेको छ ।




