काठमाडौं । नेपाली काँग्रेसले १४ औं महाधिवेशनको मतदानका लागि २ सय ९३ वटा मतदान बुथ राख्ने भएको छ ।
कांग्रेस प्रवक्ता समेत रहेका १४ औं महाधिवेशन प्रचार प्रसार समितिका संयोजक विश्वप्रकाश शर्माले २ सय ९३ वटा मतदान बुथ र १ हजार वटा मतपत्र खसाल्ने बक्स हुने जानकारी दिएका हुन् ।
मंसिर २४ गते शुरु हुन लागेको कांग्रेसको महाधिवेशनको बन्दसत्र सकिएपछि चुनावी प्रक्रिया शुरु हुने शर्माले जानकारी दिए । कांग्रेस महाधिवेशन मंसीर २४ गते दिउँसो १ बजे उद्घाटन हुनेछ ।




