काठमाडौं । नेकपा मालेको महासचिवमा सीपी मैनाली पुनः महासचिव बनेका छन् ।
चितवनमा सम्पन्न मालेको आठौं महाधिवेशनले मैनालीलाई नै महासचिव बनाएको हो । महाधिवेशनले ५९ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत चयन गरेको छ भने आगामी पुषमा हुने केन्द्रीय कमिटिको बैठकले २२ जना केन्द्रीय सदस्य थप गरेर ८१ सदस्यीय केन्द्रीय कमिटि बनाउने निर्णय समेत गरेको छ ।




