काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा साढे चार हजार मात्रै सदस्य बनाउन सफल भएको छ ।
डडेल्धुरामा एमालेले चार हजार ५४३ जनालाई मात्रै संगठित सदस्य बनाउन सकेको हो ।
डडेल्धुराका एमाले अध्यक्ष तारा जोशीसहित कैयौं कार्यकर्ता नेकपा एकिकृत समाजवादीतर्फ लागेको र प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको वलियो पकड रहेका कारण एमालेले संगठित सदस्य ५ हजार पनि बनाउन नसकेको विष्लेषण गरिएको छ ।




