बाह्रबिसे । सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका र बाह्रबिसे नगरपालिकाका एमाले र माओवादी केन्द्रका सयौं नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । त्रिपुरासुन्दरी गाउँपालिका–३ सुनकोशी बजारमा आयोजित वडास्तरीय अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा नवप्रवेशीलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सदस्यता हस्तान्तरणसहित स्वागत गरे ।

त्रिपुरासुन्दरी गाउँपालिका वडा– ३ धुस्कुन र बाह्रबिसे नगरपालिका–८ मानेश्वाराबाट नेकपा एमाले र माओवादी केन्द्र परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । नव प्रवेशीलाई स्वागत गर्ने कार्यक्रममा नेपाली कांग्रेस सिन्धुपाल्चोकका क्षेत्रीय सभापति बालकृष्ण बस्नेत, महासमिति सदस्य लीला नेपाल र युवा नेता भक्तध्वज बोहोरालगायतको सहभागिता थियो ।








