राजनीति

एमाले प्रवेश गर्दै बी एण्ड सीका सञ्चालक दुर्गा प्रसाईं

काठमाडौं।झापाको बी एण्ड सी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईं नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्।

प्रसाईंसहितका विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउन एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार झापा गएका छन्। सोही समयमा प्रसाईं औपचारिक रूपमा एमालेमा प्रवेश गर्न लागेका हुन्।

दुर्गा प्रसाईंले पनि आफू एमालेमा‍ औपचारिक रूपमा प्रवेश गर्न लागेको बताए। बिर्तामोडस्थित सीटी सेन्टरमा आइतबार आयोजित कार्यक्रममा ओलीको हातबाट टीका लगाएर आफू एमालेमा प्रवेश गर्न लागेको समेत बताए।

प्रसाईंले यसअघि आफू नेकपा माओवादी भएको बताउने गरेका थिए। प्रसाईं यसअघि असोजमा काठमाडौँको गोदावरीमा सम्पन्न नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा पनि सहभागी थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *